• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वायु प्रदूषणका कारण शैक्षिक संस्था बन्द, तर केही स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय


  •    संवाददाता/ मङ्गलबार, चैत १७, २०७७  

  • झापा । सरकारले देशका अधिकांश क्षेत्रमा वायु प्रदूषण बढैसँगै आजबाट चार दिनसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

    सरकारको यो निर्णयसँगै आजबाट शुक्रवारसम्म विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयले पनि चैत्र २० गतेसम्म सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने जनाइसकेको छ। तय भइसकेको परीक्षा भने संचालन हुनेछन्।

    Advertisement

    सोमबार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेका हुन्। वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको मन्त्री श्रेष्ठले जानकारी दए।

    Advertisement

    केन्द्र सरकारले सबै विद्यालय बन्द गर्ने निर्णय गर्ने भने पनि केही स्थानीय तहले भने विद्यालय बन्द नगर्ने घोषणा गरेका छन्। प्रदेश १ को विराटनगर महानगरपालिका, रोङ गाउँपालिका र इलाम नगरपालिकाले विद्यालय बन्द नगर्ने भन्दै सूचना निकालेका छन्।

    यस्तै, गण्डकी प्रदेशको भिमाद नगरपालिकाले समेत विद्यालय बन्द नगर्ने जनाएको छ। कोरोना संक्रमणका कारण भर्खरै विद्यालयहरु संचालन भएको, परीक्षा भइरहेको र आफ्नो क्षेत्रमा वायु प्रदूषण नभएको कारण देखाउँदै यी स्थानीय तहले विद्यालय बन्द नगर्ने जनाएका हुन्।

    देशभर ४०० भन्दा बढी स्थानमा डढेलो लागेको र भारतबाट पनि धुलो आउँदा प्रदूषण ह्वात्तै बढेको हो।

    केही दिनयता काठमाडौं उपत्यकामा तुवाँलो लागिरहेको छ जसकारण स्वास्थ्यमा असर पर्ने सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काममा बाहेक घरबाट बाहिन ननिस्कन आग्रह गरेको छ। घरबाट बाहिर निस्कन परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.