• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लगातार चाैथाे हारपछि पाेखराकाे पहिलाे जीत


  •    संवाददाता/ सोमबार, कार्तिक २४, २०८३  

  • नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराउँदै पहिलो जीत हासिल गरेको छ ।

    पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सकेको थियो ।

    Advertisement

    कर्णालीका पवन सर्राफले सबैभन्दा धेरै ३२ रन बनाए भने आरिफुल इस्लामले २४ र दीपक डुम्रेले २२ रन बनाए । पोखराका मेहदी हसनले ३ विकेट लिएका थिए ।

    Advertisement

    यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो ।

    पोखराका युवराज सम्राले शतक बनाए । सम्रा ४८ बलमा ६ छक्का र १० चौकाको मद्दतमा १०२ रन जोड्दै आउट भएका थिए ।

    यस्तै कप्तान कुशल भुर्तेलले ६२ र चमिका करुणारत्नेले नटआउट ३५ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिएका थिए ।

    युवराज साम्राले एनपीएलको इतिहासमा चौथो र यो संस्करणमा पहिलो शतक बनाएका हुन् । यो जीतसँगै पोखरा ५ खेलमा २ अङ्क जोड्दै तालिकाको पुछारमा छ । कर्णाली लगातार तेस्रो हारसहित ५ खेलमा ४ अङ्कसहित सातौँ स्थानमा छ ।

    एनपीएलमा आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज खेल्दै छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.