नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ ।
चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिम रोएल्सले १६.४ ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाउँदै पूरा गरेको हो । सुदूरपश्चिमले दोस्रो जितपछि ४ खेलबाट ४ अंक जोडेको छ ।
चितवनको भने यो पहिलो हार हो । पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको चितवनले दोस्रो खेल वर्षाले रद्द हुँदा लुम्बिनी लायन्ससँग १-१ अंक बाँडेको थियो । चितवनको ३ खेलबाट ३ अंक छ ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २१ बल खेल्दै सर्वाधिक ४३ रन बनाए भने इशान पान्डेले २९, शेरफान रथरफोर्ड २१ र आरिफले शेखले २० रन जोडेका थिए ।
बलिङमा चितवनका लागि रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले १-१ विकेट लिएका थिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको ४९ रन मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो ।
त्यस्तै विवेक कुमार यादवले १७, डाविड मालानले १६ तथा अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५ रन रन बनाएका थिए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले १-१ विकेट लिएका थिए ।







