ओपनर लोकेश बमको उत्कृष्ट ब्याटिङको मद्दतमा विराटनगर किंग्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा कर्णाली याक्ससामु १८७ रनको लक्ष्य खडा गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको हो ।
विराटनगरका लागि ओपनर लोकेशले शानदार प्रदर्शन गरे । उनले ५२ बलमा ८७ रनको योगदान दिए ।
Advertisement
त्यसैगरी एञ्जेलो म्याथ्युजले ३१ रन बनाए भने आन्द्रे रसेलले २७, बसिर अहमदले १३ र शेहन जयसुर्याले ११ रन जोडेका थिए ।
कर्णालीका लागि सोमपाल कामीले चार विकेट लिए । चार ओभर बलिङ गर्दा उनले ३३ रन खर्चिएका थिए ।
त्यस्तै मार्क वाट र नन्दन यादवले समान एक विकेट लिएका थिए ।







