बज्र स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रथम चारआली रन २०२६ को पुरुष तर्फको उपाधि काठमाडौँका मुकेश पालले जितेका छन् ।
शनिबार बिहान सम्पन्न दौडमा उनले निर्धारित दुरि ४० मिनेटमा पार गर्दै उपाधि हात पारेका हुन् । पालले उपाधिसँगै नगद ५१ हजारसमेत प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितमा एपिएफका रुपेश कार्की दोश्रो र अमिर लिम्बू तेश्रो भएका छन् । उनीहरुले क्रमश: नगद २५ हजार र १० हजार प्राप्त गरेका छन् ।
त्यसैगरी महिला तर्फको उपाधि काठमाडौँकै पूर्ण लक्ष्मी न्यौपानेले हात पारेकी छिन् । उनले निर्धारित दुरि १ घण्टा १ मिनेट पार गर्दै उपाधि हात पारेकी हुन् । न्यौपानेले उपाधिसँगै नगद ५१ हजार प्राप्त गरेकी छन् ।
त्यस्तै प्रतियोगितामा कालेपुङ्गकी प्रिया तामाङ दोश्रो र सोलोमी विश्वकर्मा तेश्रो भएका छन् । उनीहरुले क्रमश: नगद २५ हजार र १० हजार प्राप्त गरेका छन् ।
उक्त अवसरमा ज्येष्ठ धावक रकम चाम्लिङ र प्रकाश लिम्बूलाई ५ हजार तथा युवा धावक युग आचार्यलाई २ हजार नगदसहित सम्मानित गरिएको थियो ।
उक्त दौड चारआली चौकबाट सुरु भएर एरा एभरग्रिन अंग्रेजी विद्यालय अगाडि सम्म पुगेर फेरि चारआली चौकमा आएर समापन गरिएको थियो ।







