पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा निजी विद्यालयको छाना खस्दा ३४ जनाको ज्यान गएको छ ।
आज बिहान ‘अल-खैर’ विद्यालयको छत खस्दा ३३ बालबालिका र एक शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ ।
पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार कम्तीमा १९ जना घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
Advertisement
अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने धेरैजसो बालबालिका १३ वर्षभन्दा कम उमेरका छन् ।
पेशावर प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ । यो विद्यालयका ‘शैक्षिक गुठी’ का रूपमा सञ्चालित हुँदै आएको थियो ।







