जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ ।
श्रीलंका र नेपालबीच बिहान पौने ६ बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो ।
खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ । नेपालको यात्रा भने क्वाटरफाइनलबाटै सकिएको छ ।
Advertisement
नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
यसअघि हङकङ र पाकिस्तान तथा भारत र अफगानिस्तानबीचको खेल पनि वर्षाले रद्द हुँदा पाकिस्तान र भारत अगाडि बढेका थिए ।
अन्तिम क्वाटरफाइनलमा आजै पौने ११ बजे मलेसिया र बंगलादेशबीच खेल हुने तय छ । उक्त खेल पनि वर्षाले रद्द हुने सम्भावना छ ।







