शिक्षा मन्त्रालयको शिक्षा विभागले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई नि:शुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
शिक्षा विभागले सूचना जारी गरी उक्त मापदण्ड कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
पत्रमा भनिएको छ,‘२०८२ भाद्र २३ र २४ को जेनजी आन्दोलनका क्रममा शहीद परिवार तथा घाइतेलाई शिक्षामा समान पहुँच सुनिश्चितताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयबाट मिति २०८३ असोज २ मा स्वीकृत भएको जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई नि:शुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड, २०८३ मा उल्लिखित व्यवस्था कार्यान्वयनका लागि निर्णयानुसार अनुरोध छ ।’
Advertisement
विभागले उक्त मापदण्ड शिक्षा तथा खेलकुद मन्त्रालयको वेबपेजमा रहेको जनाएको छ ।







