झापाको बिर्तामोडमा अवस्थित न्यूटन्स एजुकेशन एकेडेमीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ लाख १२ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि विद्यालयले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
प्याब्सन झापाको खातामा प्रधानमन्त्री राहत कोषका लागि रकम जम्मा गर्ने निर्णय भएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।
विपत प्रभावित नागिरकहरुको राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विद्यालयले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
झापालगायत देशभरका संस्थागत विद्यालयले प्रधानमन्त्री राहतकोषमा रकम जम्मा गर्ने कार्य भईरहेको छ । यसैबीच झापाका सामुदायिक, संस्थागत विद्यालय, जेसिज, संस्था, क्लब लगायतले रकम संकलन गर्दै कोषमा जम्मा गरिरहेका छन् ।







