झापाको बिर्तामोडमा अवस्थित निदि माध्यमिक स्कूल तथा इन्द्रेणी कलेजले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि निदिले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा उक्त रकम सहयोग गरेको हो ।
विद्यालयले हिसान झापाको खातामा प्रधानमन्त्री राहत कोषका लागि रकम जम्मा गरेको संस्थापक प्रिन्सिपल रञ्जित शाहले जानकारी दिए ।
Advertisement







