• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन झापाद्वारा बाढीपीडितको उद्धार र पुन:स्थापनामा सहयोग गर्न अपिल


  •    संवाददाता/ बिहिबार, भदौ १८, २०८३  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापा जिल्ला कार्यसमितिले विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुन:स्थापनाका लागि सहयोग गर्न विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकसँग अपिल गरेको छ ।

    प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्की र सचिव लक्ष्मीप्रसाद उप्रेतीद्वारा जारी अपिलमा बाढीका कारण भएको जनधनको क्षतिले नेपालीको मन मर्माहत बनाएको उल्लेख गर्दै विपद्को यस घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्वसँगै नेपाली हुनुको साझा जिम्मेवारी भएको जनाइएको छ ।

    Advertisement

    बाढीका कारण कतिपय परिवारले आफन्त गुमाउनुका साथै घरबारसमेत गुमाएको र सयौं परिवार आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थामा पुगेको भन्दै प्याब्सनले निजी विद्यालय क्षेत्रलाई पनि राहत अभियानमा सक्रिय रूपमा जोडिन आग्रह गरेको हो । अपिलमा शिक्षा क्षेत्र समाज परिवर्तनको संवाहक भएकाले राष्ट्रिय संकटका बेला प्याब्सनमा आबद्ध विद्यालयहरूले उदाहरणीय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ । त्यसका लागि जिल्लाका सबै सदस्य विद्यालयलाई आफ्नो विद्यालयको तर्फबाट यथासम्भव राहत सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ ।

    Advertisement

    त्यसैगरी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पनि आफ्नो इच्छाअनुसार खुलेर सहयोग गर्न आग्रह गरिएको छ । प्याब्सन झापाले विद्यालयबाट हुने सहयोगसँगै शिक्षक-कर्मचारीको व्यक्तिगत योगदानसमेत विपद्मा परेका नागरिकका लागि महत्वपूर्ण हुने जनाएको छ ।

    अपिलमा विद्यार्थी र अभिभावकको सहभागितालाई पनि अभियानको महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ । विद्यार्थी तथा अभिभावकले आफ्नो इच्छा, क्षमता र पारिवारिक अवस्थाअनुसार स्वेच्छिक रूपमा सहयोग गर्न सक्ने प्याब्सनले जनाएको छ । कुनै किसिमको बाध्यता नरहेको स्पष्ट पार्दै विद्यालय परिवारको मानवीय पहलबाट विद्यार्थी तथा अभिभावकले सानो भए पनि योगदान गरे अभियान अझ अर्थपूर्ण र प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ ।

    प्याब्सनले सानो सहयोगले पनि ठूलो अर्थ राख्ने भन्दै एउटा कम्बलले कसैको चिसो रात न्यानो बनाउन सक्ने, एउटा खाद्यान्नको प्याकेटले कुनै परिवारको एक दिनको भोक मेटाउन सक्ने र सानो आर्थिक सहयोगले विपद्मा निराश बनेको परिवारमा आशाको किरण ल्याउन सक्ने उल्लेख गरेको छ ।

    त्यसैगरी विद्यालय, शिक्षक-कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई एउटै मानवीय भावनाका साथ राष्ट्रिय राहत अभियानमा जोडिन अपिल गरिएको छ । प्याब्सन झापाले विगतमा पनि राष्ट्रिय विपद्का बेला आफ्ना सदस्य विद्यालय तथा विद्यालय परिवारबाट सहयोग जुटाउँदै आएको स्मरण गराएको छ। यसपटक पनि विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न व्यक्तिगत तथा संस्थागत रूपमा गरिने स्वेच्छिक मानवीय सहयोगलाई अभिलेखमा राखिने जनाएको छ ।

    अपिलअनुसार बाढी प्रभावितलाई सहयोग गर्ने सदस्य विद्यालयको नाम र सहयोग विवरणसहित ‘धन्यवादको प्रमाणपत्र’ उपलब्ध गराइनेछ । यसबाट विद्यालयहरूले गरेको योगदानको सम्मानसँगै विपद्को समयमा शैक्षिक क्षेत्रले निर्वाह गरेको सामाजिक जिम्मेवारीको अभिलेखसमेत रहने प्याब्सन झापाले जनाएको छ । प्याब्सनले विपद्मा परेका नेपालीलाई ‘तपाईंहरू एक्लै हुनुहुन्न, हामी तपाईंहरूको साथमा छौं’ भन्ने अनुभूति दिलाउन सबै विद्यालयलाई राहत अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

    राष्ट्रिय विपद्का बेला विद्यालय केवल शिक्षण संस्थामात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्ने महत्वपूर्ण संस्थाका रूपमा उभिनुपर्नेमा जोड दिँदै प्याब्सन झापाले सदस्य विद्यालयहरूबाट सहयोग, सद्भाव र सक्रिय सहभागिताको अपेक्षा गरेको छ । अपिलमा राहत अभियानमा सहभागी हुने सबैप्रति आभार व्यक्त गर्दै विद्यालय परिवारको सामूहिक प्रयासबाट विपद्बाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.