• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कञ्चन स्कुलद्वारा बाढीपीडितका लागि ३० हजारभन्दा बढी रकम सहयोग


  •    संवाददाता/ मङ्गलबार, भदौ १६, २०८३  

  • झापाको बिर्तामोड-७ विरानमा अवस्थित कञ्चन इङ्लिस बोर्डिङ स्कुलले गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० हजार १३५ रुपैयाँ सहयोग गरेको छ ।

    मंगलबार साँझ बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यालय परिसरमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलनसहित पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को समयमा सहयोग र ऐक्यबद्धताको सन्देश समेत दिइएको थियो ।

    Advertisement

    कञ्चन बाल क्लबको समन्वयमा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट राहत रकम सङ्कलन गरिएको हो । सङ्कलित ३० हजार १३५ रुपैयाँ पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आधिकारिक क्युआरमार्फत पठाइएको विद्यालयले जनाएको छ ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक दीपक चम्लागाईंले विपद्को कठिन घडीमा बाढीपीडितको पीडामा साथ दिन विद्यालय परिवारले सहयोग गरेको बताए । विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व, मानवीय भावना र सहयोगी संस्कारको विकास गराउनु विद्यालयको उद्देश्य रहेको उनको भनाइ छ ।

    विद्यालयमा हाल पीजीदेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा ६ सय २० जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक तथा कर्मचारी गरी ४५ जना कार्यरत छन् ।

    विद्यालयले विद्यार्थीहरूको क्षमता विकासका लागि पाठ्यक्रममा आधारित अध्ययनसँगै अतिरिक्त तथा रचनात्मक क्रियाकलापमा समेत सक्रिय रूपमा सहभागी गराउँदै आएको छ । विद्यार्थीमा नेतृत्व क्षमता, सिर्जनशीलता, सामाजिक उत्तरदायित्व तथा मानवीय भावनाको विकास गराउने उद्देश्यले विद्यालयले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

    उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो भने विद्यालयका शिक्षक लोकबहादुर लिम्बुले श्रद्धाञ्जली गीत प्रस्तुत गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.