• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

धन्यवाद, लियो ! तिमीले केवल फुटबल खेलेनौ, एउटा पुस्ताको सपना पूरा गर्यौ ।


  •    योगेश खनाल / मङ्गलबार, भदौ १६, २०८३  

  • १६ भदौ, बिर्तामोड । विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबल करियर अन्त्य गर्ने घोषणा गरेका छन् । ३९ वर्षीय मेस्सीले अगस्ट ३१, २०२६ मा भावुक सन्देशमार्फत आफू अब राष्ट्रिय टोलीबाट अघि नबढ्ने बताएका हुन् ।

    “अब केही बाँकी छैन, मैले आफूलाई पूर्ण रूपमा दिएको छु” भन्ने भावसहित मेस्सीले अर्जेन्टिनाको जर्सीप्रतिको आफ्नो प्रेम सधैं कायम रहने बताएका छन् ।

    Advertisement

    सानो कदका ती जादुगरले अर्जेन्टिनाका लागि २०७ खेल खेल्दै १२५ गोल गरे । उनको सबैभन्दा ठूलो सपना सन् २०२२ मा कतार विश्वकप जितेर पूरा भयो । त्यसअघि उनले २०२१ र २०२४ को कोपा अमेरिका पनि जितेका थिए ।

    Advertisement

    तर मेस्सीको यात्रा सधैं सहज थिएन । २०१४ को विश्वकप फाइनलदेखि २०१५ र २०१६ का कोपा अमेरिका फाइनलसम्मका पीडादायी हारले उनलाई पटक–पटक रुवायो । २०१६ मा त उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा नै गरेका थिए, तर फेरि फर्किए—र अन्ततः अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएरै छाडे ।

    अब त्यो निलो–सेतो जर्सीमा नम्बर १० देखिँदा मेस्सी मैदानमा नहुन सक्छन् ।

    तर उनले छोडेको कथा कहिल्यै समाप्त हुनेछैन ।

    बाल्यकालमा अर्जेन्टिनाको सपना बोकेर निस्किएको त्यो सानो कदको केटो, जसले संसारलाई आफ्नो खुट्टाको जादु देखायो, आज अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदैछ ।

    मेस्सीले फुटबल छोडेका होइनन्, केवल अर्जेन्टिनाको जर्सीबाट आफ्नो अध्याय बन्द गरेका हुन् ।

    तर उनका गोल, आँसु, संघर्ष, मुस्कान र विश्वकप उचालेको त्यो क्षण—फुटबलप्रेमीको मनमा सधैं जीवित रहनेछ ।

    धन्यवाद, लियो ।

    तिमीले केवल फुटबल खेलेनौ, एउटा पुस्ताको सपना पूरा गर्यौ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.