प्याब्सन झापाको जिल्लास्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तरगत नगर प्याब्सन बिर्तामोडले पनि प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गरेको छ ।
प्रतियोगिता अन्तरगत माध्यमिक तहको अंग्रेजी एक्सटेम्पोरी वक्तित्वकलामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ भने गोमेन्द्र बिर्ता मोडल विद्यालय दोश्रो तथा ग्रिनफिल्ड वर्ल्ड विद्यालय तेश्रो भएको प्याब्सन नगर कमिटी अध्यक्ष सुरेन्द्र खरेलले जानकारी दिए ।
त्यस्तै कक्षा ८ सम्मको नेपाली डिक्टसनमा बाल्मिकी एजुकेशन फाउन्डेसन प्रथम, न्युटन्स एजुकेशन एकेडेमी द्रोश्रो तथा विराट ज्योती माध्यमिक विद्यालय तेश्रो भएको छ ।
नगर कमिटी अध्यक्ष खरेलका अनुसार कक्षा ५ सम्मको नेपाली डिक्टसनमा देवकुल अंग्रेजी माध्यमिक विद्यालय प्रथम, न्युटन्स एजुकेशन एकेडेमी दोश्रो तथा सुनगाभा माध्यमिक विद्यालय तेश्रो भएको छ ।
कक्षा ८ सम्मको अंग्रेजी निबन्ध प्रतियोगितामा कञ्चनजंगा माध्यमिक विद्यालय प्रथम, न्युटन्स एजुकेशन एकेडेमी दोश्रा तथा टावर टेम्पल माध्यमिक विद्यालय र निदि माध्यमिक विद्यालय तेश्रो भएको छ ।
त्यसैगरी कक्षा ८ सम्मको नेपाली निबन्ध प्रतियोगितामा विराट ज्योती माध्यमिक विद्यालय प्रथम, निदि माध्यमिक विद्यालय दोश्रा तथा न्युटन्स एजुकेशन एकेडेमी विद्यालय तेश्रो भएको छ ।
त्यस्तै कक्षा ५ सम्मको हाजिरीजवाफ प्रतियोगितमा साहारा शिक्षा साकोस प्रथम, इन्भेन्चर एजुकेशन फाउन्डेसन दोश्रो तथा फनमिन माध्यमिक विद्यालय तेश्रो भएको छ ।
त्यसैगरी कक्षा ८ सम्मको हाजिरीजवाफ प्रतियोगितमा इन्भेन्चर एजुकेशन फाउन्डेसन प्रथम, न्युटन्स एजुकेशन एकेडेमी दोश्रो तथा फनमिन माध्यमिक विद्यालय तेश्रो भएको छ ।
त्यस्तै कक्षा ५ सम्मको अंग्रेजी डिक्टसनमा इक्म स्कुल अफ एक्सिलेन्स प्रथम, एभरेष्ट स्मार्ट स्कुल दोश्रो तथा सरस्वती एन्जल्स स्कुल र सुनगाभा माध्यमिक विद्यालय तेश्रो भएको छ ।
यस्तै कक्षा ८ सम्मको अंग्रेजी डिक्टसनमा ग्रिनफिल्ड वर्ल्ड स्कुल प्रथम, एभरेष्ट स्मार्ट स्कुल र सुनगाभा माध्यमिक विद्यालय दोश्रो तथा न्युटन्स एजुकेशन एकेडेमी र चिल्ड्रेन इन्भेरोमेन्ट विद्यालय तेश्रो भएको छ ।
त्यसैगरी कक्षा ५ सम्मको अंग्रेजी हस्तलेखन प्रतियोगितामा कञ्चनजंगा माध्यमिक विद्यालय प्रथम, न्युटन्स एजुकेशन एकेडेमी विद्यालय दोश्रो तथा एभरेष्ट स्मार्ट स्कुल तेश्रो भएको छ ।
त्यस्तै कक्षा ५ सम्मको नेपाली हस्तलेखन प्रतियोगितामा न्युटन्स एजुकेशन एकेडेमी विद्यालय प्रथम, कञ्चन माध्यमिक विद्यालय दोश्रो तथा चिल्ड्रेन इन्भेरोमेन्ट विद्यालय तेश्रो भएको छ ।
त्यसैगरी कक्षा ५ सम्मको चित्रकला प्रतियोगितामा चिल्डेन इन्भेरोमेन्ट विद्यालय प्रथम, बुद्ध स्मृती माध्यमिक विद्यालय दोश्रो तथा न्युटन्स एजुकेशन एकेडेमी तेश्रो भएको नगर कमिटी सचिव दिपङ्कर मैनालीले जानकारी दिए ।
त्यस्तै चित्रमा रङ भर्ने प्रतियोगितामा न्युटन्स एजुकेशन एकेडेमी प्रथम र दोश्रो तथा एभरेष्ट स्मार्ट स्कुल तेश्रो भएको छ ।
नगर कमिटी सचिव मैनालीका अनुसार अंग्रेजी एक्सटेम्पोरी वक्तित्वकलामा इन्भेन्चर एजुकेशन एकेडेमी प्रथम, कञ्चन माध्यमिक विद्यालय दोश्रो तथा चिल्ड्रेन इन्भेरोमेन्ट विद्यालय तेश्रो भएको छ ।
त्यस्तै माध्यमिक तहको छात्र कविता प्रतियोगितामा फनमिन माध्यमिक विद्यालय प्रथम, चिल्ड्रेन इन्भेरोमेन्ट विद्यालय दोश्रो तथा न्युटन्स एजुकेशन एकेडेमी तेश्रो भएको छ ।
त्यसैगरी माध्यमिक तहको छात्रा कविता प्रतियोगितामा बेल्स मोडल विद्यालय प्रथम, ग्लोरी माध्यमिक विद्यालय दोश्रो तथा ग्रिनफिल्ड वर्ल्ड स्कुल तेश्रो भएको छ ।
त्यस्तै माध्यमिक तहको नेपाली निबन्ध लेखन प्रतियोगितामा कञ्चनजंगा माध्यमिक विद्यालय प्रथम, क्रेटिभ माध्यमिक विद्यालय दोश्रो तथा कञ्चन माध्यमिक विद्यालय, निदि माध्यमिक विद्यालय र विराट ज्योती माध्यमिक विद्यालय तेश्रो भएको छ ।
माध्यमिक तहको अंग्रजी निबन्ध लेखन प्रतियोगितामा साहारा शिक्षा साकोस र ग्रिनफिल्ड वर्ल्ड स्कुल प्रथम, इक्म स्कुल अफ एक्सिलेन्स दोश्रो तथा ग्लोरी माध्यमिक विद्यालय तेश्रो भएको छ ।







