• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एनओसी लिनेबारे गलत प्रचार गरे शैक्षिक परामर्शदातालाई कारबाही गर्ने चेतावनी


  •    संवाददाता/ बिहिबार, भदौ ०४, २०८३  

  • शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिनेबारे शैक्षिक परामर्शदातृ संस्थाहरूले विद्यार्थीहरूलाई गलत जानकारी दिएर दु:ख दिएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको छ ।

    मन्त्रालयले बिहीबार सूचना जारी गर्दै गलत सूचना दिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

    Advertisement

    मन्त्रालयका अनुसार एनओसी शाखाबाट एनओसीको लागि आवेदन गर्ने प्रक्रियालाई पूर्णत: अनलाइन तथा डिजिटल माध्यमबाट सरल र सहज बनाइएको छ । एनओसी प्राप्त गर्ने प्रक्रियालाई पनि पूर्णत: अनलाइन तथा डिजिटल माध्यमबाट बनाउन मन्त्रालय तथा एनओसी शाखा निरन्तर प्रयत्नशील छ ।

    Advertisement

    ‘एनओसी आवेदन गर्ने तथा प्राप्त गर्ने प्रक्रियाका सन्दर्भमा हालैका दिनमा केही शैक्षिक परामर्श संस्थाहरूले एनओसी प्राप्त गर्न अनिवार्य रूपमा सबै सेवाग्राही आफै कार्यालयमै उपस्थित हुनुपर्ने वा आवेदन प्रक्रियाको गलत सूचना तथा जानकारी प्रवाह गरी सेवाग्राहीहरूलाई अनावश्यक रूपमा कार्यालय पठाउने गरेको र यसबाट भ्रम तथा अनियमिता बढेको भनी विद्यार्थी, अभिभावक तथा सरोकरावालाहरूबाट गुनासो तथा उजुरी प्राप्त भएकोमा यस मन्त्रालय तथा एनओसी शाखाको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा उल्लेख छ ।

    त्यसो त मन्त्रालयले सम्पूर्ण सेवाग्राही, शैक्षिक परामर्श व्यवसायी तथा सरोकारवालाहरूलाई विभिन्न प्रक्रिया अपनाउन निर्देशन दिएको छ ।

    ‘एनओसीसम्बन्धी सम्पूर्ण आवेदन प्रक्रिया अनलाइन माध्यमबाट मात्र हुने र यसका लागि सेवाग्राही भौतिक रूपमा कार्यालयमा उपस्थित हुन आवश्यक छैन तर आवेदनपश्चातको एनओसी प्राप्त गर्ने प्रक्रिया अनलाइन तथा भौतिक दुवै माध्यमबाट हुने गरेको छ जुन कुराको जानकारी तथा अनलाइन भौतिक के हुने भन्ने कुरा आवेदन गर्दा भरेको नागरिकता र शैक्षिक योग्यताको सम्पूर्ण विवरण सेन्ट्रल इन्फरमेशन म्यानेजमेन्ट सिष्टममा एक आपसमा मेल खाएको आधारमा जन्म मिति भेरिफाइ हुने विद्यार्थीहरूले मात्र भौतिक उपस्थिति बिनाएनओसी लिन सक्ने त्यस बाहेक अरूले भौतिक उपस्थित हुनुपर्ने जानकारी विद्यार्थीको एनओसी पोर्टलमा नै हुने र यस कुराको स्पष्ट जानकारी शैक्षिक परामर्श संस्थाहरूले विद्यार्थीहरुलाई दिनु पर्नेछ,’ सूचनामा उल्लेख छ ।

    मन्त्रालयले कुनै पनि शैक्षिक परामर्श संस्थाले एनओसीका नाममा गलत सूचना प्रवाह गर्ने, सेवाग्राहीलाई भ्रममा पार्ने वा अनावश्यक भौतिक रूपमा कार्यालय पठाउने जस्ता गैरकानूनी र भ्रामक अभ्यास तत्काल रोक्न सचेत गराएको छ ।

    ‘गलत सूचना फैलाएर अनुचित लाभ लिन खोज्ने वा अनियमितता गर्ने संस्थाहरूमाथि कडा नियामक अनुगमन र कानूनी कारबाही अगाडि बढाइनेछ,’सूचनमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.