• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य


  •    संवाददाता/ शनिबार, साउन २३, २०८३  

  • इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।

    गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीनवटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा तथा लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीनवटा विद्यालयमा लिम्बू भाषा पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा लागू गरेको हो ।

    Advertisement

    यसअघि चारवटा विद्यालयमा लिम्बू र एउटा विद्यालयमा वान्तवा भाषा अध्यापन हुँदै आएको थियो ।

    Advertisement

    शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार माङसेबुङ-२ स्थित सरस्वती आधारभूत विद्यालय, माङसेबुङ-४ स्थित जनता आधारभूत विद्यालय र माङसेबुङ-६ स्थित सिंहेश्वरी आधारभूत विद्यालयमा यस वर्षदेखि वान्तवा भाषा पाठ्यपुस्तक लागू गरिएको हो । यसअघि माङसेबुङ-६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा मात्र वान्तवा भाषा पठनपाठन हुँदै आएको थियो ।

    यसैगरी माङसेबुङ-१ स्थित गजुरमुखी आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय तथा माङसेबुङ-३ स्थित दुर्गा माध्यमिक विद्यालयमा यस वर्षदेखि लिम्बू भाषा पाठ्यपुस्तक लागू गरिएको छ ।

    यसअघि माङसेबुङ-३ स्थित पवित्रा आधारभूत विद्यालय तथा माङसेबुङ-५ स्थित साम्जिक मुन्धुम आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पढाइ हुँदै आएको थियो ।

    मातृभाषा लागु भएका विद्यालयमा गाउँपालिकाले आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी शिक्षक दरबन्दी सिर्जना गरेर शिक्षकको व्यवस्था गरेको छ ।

    गाउँपालिका अध्यक्ष हेमन्त राईले प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था सञ्चालनको अधिकार संविधानले दिएको सम्झाउँदै सोहीअनुसार मातृभाषा शिक्षालाई प्राथमिकता दिइएको बताए ।

    माङसेबुङ गाउँपालिकाले गत जेठ १२ गतेदेखि गाउँपालिकाभर लिम्बू भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरी लागु गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.