• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाह्रदशीका विद्यालयमा व्यवसायीको सहयोगमा सिसी क्यामेरा


  •    संवाददाता/ बुधबार, साउन २०, २०८३  

  • झापाको बाह्रदशी गाउँपालिकाका सामुदायिक विद्यालयलाई सुरक्षित र लागूऔषध दुर्व्यसनमुक्त बनाउने अभियान सुरु गरिएको छ ।

    अभियानको पहिलो पाइला बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयबाट चालिएको छ । विद्यालय परिसरमा चारवटा सिसी क्यामेरा जडान गर्दै अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।

    Advertisement

    अभियान अन्तर्गत आगामी दिनमा गाउँपालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयमा क्रमश: सिसी क्यामेरा जडान गरिने योजना बनाइएको छ । यो अभियान कुनै सरकारी बजेटबाट नभएर समाजप्रति उत्तरदायित्व बोध गरेका एक युवा व्यवसायीको प्रतिबद्धताबाट सुरु भएको हो ।

    Advertisement

    बाह्रदशी-२ निवासी तथा एभरेष्ट हाइपर मार्केटका सञ्चालक, विद्यालयका पूर्व विद्यार्थी चान मोहम्मदको सहयोगमा पहिलो चरणको काम सम्पन्न भएको हो । विद्यालयले अभियानको सुरुवात गरिदिएको भन्दै उनलाई सम्मान समेत गरेको छ । उनको अभियानलाई साथ दिँदै विद्यालयका पूर्व विद्यार्थी तथा फूलवारी माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल र ओम बुढाथोकीले पनि साथ दिएका छन् । उनीहरुलाई समेत विद्यालय परिवारले सम्मान गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वशुन्धरा खड्काले अभियानको उद्घाटन गर्दै विद्यालयको सुरक्षा केवल विद्यालयको विषय नभई समाजकै भविष्यसँग जोडिएको प्रश्न भएको बताइन् ।

    विद्यालयका प्रधानाध्यापक घनश्याम उप्रेतीका अनुसार विद्यालय सञ्चालन नहुने समयमा केही बालबालिका तथा युवाहरू विद्यालय परिसरमा जम्मा भएर अवाञ्छित गतिविधि गर्ने, विद्यालयको सम्पत्तिमा क्षति पुर्‍याउने तथा लागूऔषध दुर्व्यसनसँग सम्बन्धित गतिविधि देखिन थालेपछि विद्यालयले सुरक्षाको नयाँ उपाय खोज्न थालेको थियो ।

    विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य तथा बाह्रदशी-२ का वडाध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय राजगढका प्रमुख जबरबहादुर बस्नेत, समाजसेवी अमृतबहादुर बुढाथोकी, लुम्बिनी समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रतिनिधि विष्णुप्रसाद भट्टराई, वडा सदस्य इसाक आलम, युवराज ढकाल, पूर्व जनप्रतिनिधि प्रेमबहादुर घिमिरे, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो ।

    विद्यालयका निवर्तमान प्रधानाध्यापक महेशकुमार विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक घनश्याम उप्रेतीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.