झापाको बिर्तामोड-४ मा अवस्थित गोमेन्द्र बहुमुखी क्याम्पसको आयोजना तथा लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको सह-आयोजनामा ‘ट्रयास म्याराथन’ प्रतियोगिता सम्पन्न भएको छ ।
गोमेन्द्र बहुमुखी क्याम्पसले शुक्रवार आफ्ना विद्यार्थीहरूबीच ‘ट्रयास म्याराथन’ प्रतियोगिता आयोजना गरेको हो ।
जस अन्तरगत प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक रूपमा फोहोर संकलन गर्न प्रोत्साहित गरिएको थियो । मुक्तिचोक तथा आसपासका क्षेत्रबाट करिब पाँच टन फोहोर संकलन गरिएको क्याम्पसले जनाएको छ ।
प्रतियोगिताका विजेताहरूको घोषणा आगामी सोमबार गरिने गोमेन्द्र बहुमुखी क्याम्पसका प्रमुख तथा प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिए ।
उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी वा समूहलाई क्रमश: नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै विद्यार्थीहरूबीच आयोजित टिकटक प्रतियोगितााका विजेता मध्येबाट छनोट गरिने एक उत्कृष्ट सहभागीलाई नगद ५ हजारको विशेष ‘सरप्राइज’ पुरस्कारसमेत प्रदान गरिने क्याम्पसले जनाएको छ ।







