• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विश्वकप फुटबल : स्विट्जरल्यान्ड र अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश


  •    संवाददाता/ बुधबार, असार २४, २०८३  

  • स्विट्जरल्यान्डले फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    क्यानडाको बीसी प्लेस स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४-३ ले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो ।

    Advertisement

    खेलको निर्धारित समय र अतिरिक्त ३० मिनेटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुङ्गो पेनाल्टी शुटआउटबाट भएको हो । पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भयो ।

    Advertisement

    स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले पेनाल्टीमा गोल गरे । अब क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्ने छ ।

    यस्तै फिफा विश्वकप फुटबलको अन्तिम-१६ अन्तर्गत गएराति भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जीत निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

    अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम १४ मिनेटभित्र तीन गोल फर्काउँदै ३-२ को जित निकालेको हो ।

    इजिप्टले खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट अग्रता बनाएको थियो भने दोस्रो हाफको ६७औँ मिनेटमा अर्को गोल थप्दै २-० को अग्रता बनाएको थियो । तर इजिप्टले यो अग्रतालाई जोगाउन सकेन । खेलको ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए । त्यसको चार मिनेटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई २-२ को अवस्थामा पुर्‍याए ।

    खेलको इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरेपछि अर्जेन्टिनाले पुनरागमन जित निकालेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.