फिफा विश्वकप फुटबलमा प्रि-क्वाटरफाइनलका खेल आजदेखि सुरू हुँदैछन् ।
प्रि-क्वाटरफाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पौने ११ बजे सहआयोजक क्यानडा र मोरक्को तथा भोलि बिहान पौने ३ बजे पाराग्वे र फ्रान्सबीच खेल हुनेछ ।
यस पटकको विश्वकपको प्रि-क्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाले खेल्ने भएका छन् ।
Advertisement
नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेसँगै अन्तिम-१६ को समीकरण पूरा भएको हो ।







