• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालो चारपाने बाल क्लबको अध्यक्षमा हंशिका


  •    संवाददाता/ शनिबार, असार १३, २०८३  

  • झापाको बिर्तामोड-२ मा रहेको उज्यालो चारपाने बाल क्लबको अध्यक्षमा हंशिका चौधरी चयन भएकी छन् ।

    क्लबको तेस्रो अधिवेशनबाट चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

    Advertisement

    अधिवेशनबाट उपाध्यक्षमा मनिष चौधरी, सचिवमा खगेन्द्र पवले, सहसचिवमा सृष्टि यादव र कोषाध्यक्षमा प्रशंसा प्रसाईं निर्वाचित भएका छन् ।

    Advertisement

    त्यसैगरी सदस्यहरूमा सञ्चित सिङ्घल, निकिता अधिकारी, प्रकृति अधिकारी, जेसिका कार्की, स्नेह रसाइली, प्रतीक्षा, रोमन दर्जी र रोजिना बिक चयन सर्वसम्मत चयन भएका छन् ।

    बाल क्लबका अध्यक्ष ईशान भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड-२ का वडाध्यक्ष किशोरकुमार पौडेल प्रमुख अतिथि रहेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि किशोरकुमार पौडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बाल क्लबका पदाधिकारीहरूले अनुशासनलाई पहिलो प्राथमिकतामा राखी वडासँग सहकार्य गर्दै बालबालिकाको बौद्धिक, सामाजिक तथा नेतृत्व विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

    त्यस्तै देवकुल अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाङ्कर मैनालीले नयाँ कार्यसमितिलाई अवसरसँगै चुनौती पनि रहेको उल्लेख गरेका थिए ।

    फोकल पर्सन तथा बालबालिका सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलले शुभकामना मन्तव्य राख्दै बिर्तामोड-२ लाई बालमैत्री वडा बनाउन जनप्रतिनिधिहरूले निरन्तर साथ र सहयोग गर्दै आएको उल्लेख गरेका थिए ।

    कार्यक्रममा बिर्तामोड-२ का खेलकुद विकास समितिका अध्यक्ष पंकज सिग्देल, वडा सदस्य शर्मिला त्रिखत्री, वडा सचिव हिमा पोखरेल, मोफसल अनलाइनका सम्पादक भरत प्रसाईं, वडा भित्रका सातवटै विद्यालयका फोकल पर्सन, शिक्षक-शिक्षिका तथा बाल क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    साङ्वेद संस्कृत विद्यालयका विद्यार्थीहरूले स्वस्तिवाचन प्रस्तुत गरेको कार्यक्रममा क्लबकी उपाध्यक्ष समृद्धि खड्काले मन्तव्यबाट स्वागत गरेकी थिइन् ।

    अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगतका गतिविधिको समीक्षा गरेको कार्यक्रमको सहजीकरण क्लबका फोकल पर्सन तथा बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।

    बिर्तामोड-२ लाई बालमैत्री वडा बनाउने अभियान सञ्चालन गर्ने पहिलो वडाका रूपमा चिनिँदै आएको छ । हाल वडाभित्र रहेका मनमाया माध्यमिक विद्यालय, साङ्वेद संस्कृत माध्यमिक विद्यालय, साहारा साकोस, बालकल्याण विद्यालय, देवकुल अङ्ग्रेजी माध्यमिक विद्यालय, वीर अमरसिंह विद्यालय र पञ्चरत्न विद्यालयमा बाल क्लब गठन भइसकेका छन् । यिनै सातवटा विद्यालयका प्रतिनिधिहरूबाट प्रत्येक वर्ष वडा बाल क्लबको नयाँ कार्यसमिति चयन गर्ने परम्परा रहँदै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.