झापाको बिर्तामाड-२ मा अवस्थित बाल कल्याण अंग्रेजी माध्यमिक विद्यालयमा बाल क्लब पुर्न गठन गरिएको छ ।
विद्यालयमा आयोजित भेलाबाट विवेक गजुरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
क्लबको उपाध्यक्षमा मन्दिरा सिटौला, सचिवमा निर्जला राय, सहसचिवमा स्मारिका बुढाथोकी तथा कोषाध्यक्षमा पुष्पा राजवंशी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा समिक्षा दुलाल, सन्ध्या तामाङ, निशा शाह, रोमन दर्जी, रोहित पाठक, सुनिल मोक्तान, समृद्धि राई, कुशल बस्नेत, अंकुरण ओझा तथा दिष्यम उप्रेती सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी फोकल पर्सनमा शिक्षक तिर्थराम बस्नेत चयन भएका छन् ।
बाल क्लबका निवर्तमान अध्यक्ष समृद्धि खड्काको अध्यक्षतामा आयोजित भेलामा विद्यालयका प्रिन्सिपल दुर्गा देवि कंडेल, विद्यालयका निर्देशक प्रविण सिटौला, सहजकर्ता सरोज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
उक्त बाल क्लबले बालबालिकाहरुको हकहितका लागि रचनात्मक गतिविधिहरु गर्दै आएको छ ।







