• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि


  •    संवाददाता/ सोमबार, चैत ०९, २०७७  

  • रसुवा – रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयातमा वृद्धि भएको छ । कोभिड–१९ का कारण एक वर्षसम्म चिनियाँ खाद्य सामग्रीको आयात नभएकोमा अहिले धमाधम आउन थालेको छ । गएको भदौ महिनादेखि खाद्य सामग्रीको आयातले निरन्तरता पाएको थियो ।

    गएको पुस मसान्तसम्म न्यून सामग्री आयात भएकोमा पछिल्लो समय आयातमा वृद्धि हुँदै गएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए ।

    Advertisement

    ‘रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात भइरहेको छ’ उनले भने, आएका सामग्री सबै मापदण्ड अनुसारको नै छ ।’

    Advertisement

    चालु आर्थिक वर्ष २०७७ ७८ मा रसुवागढी नाका हुँदै १ सय २३ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । गएको साउनदेखि हालसम्म १ सय २३ टन खाद्य सामग्री आयात भएको हो । कार्यालयका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ ।

    तथ्यांक अनुसार फूल तथा सागपात २६ टन, खाद्यान्न दलहन तथा अन्य ४५ टन, मसलाजन्य ३ दशमलव ४ टन, दूधजन्य ६ दशमलव ८, मासुजन्य ३ दशलव ४, चियाजन्य ५ दशमलव ९, कन्फेन्सनरी शून्य दशमलव १ टन र अन्य सामग्री ३२ टन आयात भएको हो ।

    चालु आर्थिक वर्ष २०७७र७८ को साउनदेखि हालसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, आदि सामग्रीको आयात भएको कार्यालयले जनाएको छ ।

    आयात भएका सबै खाद्य सामग्री नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको छ । कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । ‘यो भन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउथे’, उहाँले भन्नुभयो, ‘अहिले मापदण्ड पूरा भएका सामग्री मात्र आएका छन् ।’

    कार्यालयले गएको साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना परीक्षण गरेको छ । कार्यालयको तथ्यांक अनुसार भदौमा १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७ र चैत १ गतेदेखि हालसम्म ३५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ ।

    गत आर्थिक वर्ष २०७६ /७७ मा कार्यालयले २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको थियो । गएको माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो । त्यसपछि २०७७ साउन मसान्तसम्म कार्यालयले कुनै नमुना आएको थिएन ।

    खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि गत आर्थिक वर्षमा केही महिना परीक्षण हुन नसकेको हो । रसुवागढी नाकाबाट पछिल्लो डेड वर्षदेखि नेपाली सामग्री निर्यात भएको छैन ।

    उज्यालोबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.