झापाको बिर्तामाड-२ मा अवस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयमा बाल क्लब पुर्न गठन गरिएको छ ।
विद्यालयमा शुक्रबार एक कार्यक्रमका बीच गिरिश घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
क्लबको उपाध्यक्षमा प्रतीक सापकोटा, सचिवमा सार्थक बराल, सहसचिवमा रिदक ढकाल तथा कोषाध्यक्षमा निशान्त दाहाल चयन भएका छन् ।
Advertisement
त्यस्तै सदस्यहरुमा गोविन्द पोखरेल, चिरञ्जीवी दुलाल, अश्विन भट्टराई र मनोज भट्टराई सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी फोकल पर्सनमा शिक्षक डिल्लीराम पोखरेल चयन भएका छन् ।
उक्त बाल क्लबले बालबालिकाहरुको हकहितका लागि रचनात्मक गतिविधिहरु गर्दै आएको छ ।







