झापाको बिर्तामोड नगरपालिकाको आयोजनामा नगरस्तरीय बौद्धिक प्रतिभा प्रदर्शनी सम्पन्न भएको छ ।
महेन्द्र रत्न माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीबीच खुला चित्रकला, कक्षा ४ देखि ५ सम्म बाती कात्ने, कक्षा ६ देखि ८ सम्म तबला वादन तथा कक्षा ९ र १० का विद्यार्थीबीच नेपाली कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरिएको हो ।
चित्रकला प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयका आशिक मर्डी प्रथम, सहारा साकोसका मौषम महरा द्वितीय, न्युटन्स एकाडेमीकी कास्मी शिवाकोटी तृतीय तथा एभेन्चर एकाडेमीकी स्वीकृति गड्तौला र निधि सेकेण्डरी स्कुलकी तृषिका तिम्सिना सान्त्वना भएका छन् ।
यस्तै बाती कात्ने प्रतियोगितामा जनता आधारभूत विद्यालयका अमित हेमरम प्रथम, शहीद लक्ष्मी आधारभूत विद्यालयकी अपिया लिम्बु द्वितीय, लक्ष्मीनारायण आधारभूत विद्यालयका तेन्जिङ शेर्पा तृतीय तथा एमेटी सेकेण्डरी स्कुलकी रेशिका खतिवडा र मोहनमाया माध्यमिक विद्यालयकी रिया प्रसाईं सान्त्वना भएका छन् ।
तबला वादन प्रतियोगितामा न्युटन्स एकाडेमीका आरोग्य शिवाकोटी प्रथम, कञ्चनजङ्घा माध्यमिक विद्यालयका विश्वदीप सिटौला द्वितीय, एमेटी स्कुलका कोशलेक्स रिजाल तृतीय तथा तक्षशिला बोर्डिङ स्कुलका आशिम गौतम र देवी माध्यमिक विद्यालयका सुदिन ढुंगेल सान्त्वना भएका छन् ।
नेपाली कविता लेखन तथा वाचन प्रतियोगितामा ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलकी दीपिका प्रसाईं प्रथम, न्युटन्स एजुकेशन एकाडेमीका निश्चल पाठक द्वितीय, बुद्ध स्मृति एकाडेमीकी युगश्री मिश्र तृतीय तथा गोमेन्द्र स्कुलकी आयुष्मा उप्रेती र कञ्चनजङ्घा बोर्डिङ स्कुलकी सृष्टि खरेल सान्त्वना भएका छन् ।
प्रतियोगिताका विजेता विद्यार्थीहरूले क्रमश: ६ हजार, ५ हजार, ४ हजार र सान्त्वना पुरस्कारस्वरूप र २-२ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी, न्युटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं, निदि माध्यमिक विद्यालयका प्रधानाध्यापक भीष्म प्रसाईं, महेन्द्र रत्न माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक केशव प्रसाईं लगायतले पुरस्कार वितरण गरेका थिए ।







