राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा हुने भएको छ ।
बोर्डले जारी गरेको सूचनामा दुई दिन पूरक परीक्षा हुने जनाइएको छ ।
नियमित परीक्षार्थीका रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउने छन् । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
Advertisement
शुक्रबार सार्वजनिक गरिएको नतिजामा १ लाख ४७१ जना विद्यार्थी ननग्रेड भएका छन् ।







