झापाको बिर्तामाड-२ मा अवस्थित वीर अमरसिंह माध्यमिक विद्यालयम बाल क्लब पुर्न गठन गरिएको छ ।
विद्यालयमा बिहीबार एक कार्यक्रमका बीच अंशिका कार्कीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
क्लबको उपाध्यक्षमा कोपिला गौतम तथा शरद थपलिया, सचिवमा खगेन्द्र बि.क, सहसचिवमा जेशिका कार्की तथा कोषाध्यक्षमा मनिष चौधरी चयन भएका छन् ।
Advertisement
त्यस्तै सदस्यहरुमा आकृति सिलवाल, प्रियांका बि.क, आयंका बि.क, मनिषा उप्रेती, रिता शेर्पा, समिर अधिकारी, मौसम दाहाल, कृष न्यौपाने र लाफुनमाव सुहाङ सर्वसम्मत चयन भएका हुन् ।
उक्त बाल क्लब गठन कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।







