• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तीन दिवसीय अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न


  •    संवाददाता/ सोमबार, असार ०१, २०८३  

  • झापाको बिर्तामोडमा अवस्थित न्यूटन्स एजुकेसन एकेडेमी तथा एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमी स्कुलले संयुक्त रूपमा सञ्चालन गरेको तीन दिवसीय अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    विद्यार्थीहरूको शैक्षिक, नैतिक तथा व्यक्तित्व विकासमा अभिभावकको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा न्यूटन्स एजुकेसन एकेडेमी, एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमी तथा लिङ्कन मन्टेश्वरीका अभिभावकहरूको सहभागिता रहेको थियो ।

    Advertisement

    एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका प्रधानाध्यापक अनुप शर्माको अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिका-६ का वडाध्यक्ष सूर्यकुमार कन्दङवा रहेका थिए ।

    Advertisement

    न्यूटन्स एजुकेसन एकेडेमीका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले विद्यार्थीलो सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै यस्ता कार्यक्रमले शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुर्यकुमार कन्दङवाले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावक, शिक्षक र विद्यालयबीचको समन्वय अत्यन्त महत्वपूर्ण हुने बताए ।

    बिर्तामोड नगरपालिकाका शिक्षा अधिकृत जानुका रेग्मी, लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीको शैक्षिक सफलता र व्यक्तित्व विकासका लागि अभिभावकको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए ।

    उक्त अभिभावक अभिमुखीकरण कार्यक्रमका उत्प्रेरक वक्ताका रूपमा डा.रविन कटुवाल रहेका थिए ।

    उनले तीन दिनसम्म अभिभावकहरूलाई सकारात्मक अभिभावकत्व, बाल मनोविज्ञान, पारिवारिक वातावरणको प्रभाव, अध्ययनमा अभिभावकको भूमिका तथा बालबालिकाको सर्वाङ्गीण विकासका विविध पक्षबारे प्रशिक्षण तथा उत्प्रेरणामूलक सहजीकरण गरेका थिए ।

    उक्त अभिमुखीकरण कार्यक्रमले अभिभावकहरूलाई बालबालिकाको शैक्षिक उपलब्धि, अनुशासन, व्यवहारिक विकास तथा भविष्य निर्माणमा आफ्नो भूमिकाबारे थप सचेत र जिम्मेवार बनाउन महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.