• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान


  •    संवाददाता/ मङ्गलबार, जेठ २६, २०८३  

  • मेचीनगर नगरपालिकाअन्तर्गत रहेको शिक्षा, युवा तथा खेलकुद शाखाले एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    गत वर्षको शिक्षा दिवसको अवसर पारेर गरिने समारोह तात्कालिन समयमा जेन्जी आन्दोलन पछि उत्पन्न परिस्थतिका कारण रोकिएको थियो । सोही कार्यक्रम यसै आर्थिक वर्ष सम्पन्न गर्ने गरी नगरले सोमबार कार्यक्रम आयोजना गरेको जनाएको छ ।

    Advertisement

    मेचीनगर-६ स्थित मेची सामुदायिक भवन काँकरभिट्टामा आयोजित समारोहमा शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा शिक्षा सम्बन्ध सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि गरी ८० बढीलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

    Advertisement

    सामाजिक विकास समिति संयोजक हृदय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए ।

    सोही अवसरमा आधारभूत तह उत्तीर्ण परीक्षा, एसईई तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कक्षा ८ को नगरस्तरीय परीक्षामा ४ जिपीए ल्याउने विभिन्न विद्यालयका १४ जना विद्यार्थीहरुलाई नगद २ हजार र सम्मानपत्र प्रदान गरियो । जसमा सामुदायिकका ३ तथा संस्थागतका ११ जना छन् ।

    त्यस्तै एसईई उत्कृष्ट जिपीए ल्याउने विद्यार्थीलाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरिएको छ । ४ जिपीए प्राप्त गर्ने इष्टहोराइजन अंग्रेजी माविकी अन्वेशा श्रेष्ठ तथा पारिजात पब्लिक स्कूलकी नुब्सा लिम्बू थलङ सम्मानित भएका । सामुदायिक छात्रा तथा छात्रतर्फ धुलाबारी माविकी कृषा ओझा (३.९६) र सेभियर प्रधान (३.८९) सम्मानित भएका छन् ।

    त्यसैगरी कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक छात्रातर्फ धुलाबारी माविकी सञ्जु नेपाल (३.८८), छात्रतर्फ धुलाबारीकै बिक्की थारु (३.८६) तथा संस्थागत छात्रातर्फ हिमालयन एकाडेमीकी रिस्ता नेपाल (३.७१), छात्रतर्फ हिमालयकै प्रशान बस्नेत (३.६०)लाई नगद ५ हजार तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

    समारोहमा उत्कृष्ट प्रधानाध्यापकतर्फ बलभद्र आधारभूत विद्यालयका निरज पोख्रेललाई भौतिक, शैक्षिक सुधार, समुदाय विद्यालय सहसम्बन्ध, नतिजा सुधारलगायतका आधारमा सम्मान गरियो भने एसईई २०८१ मा विषयगतरुपमा शतप्रतिशत नतिजा दिलाउन सफल विषय शिक्षकलाई समेत सम्मान गरिएको थियो ।

    त्यस्तै उत्कृष्ट विद्यालय व्यवस्थापन समितिको रुपमा कृष्ण प्राथमिक विद्यालय व्यवस्थापन समिति सम्मानित भयो । नगरका विद्यालयमा स्वास्थ्य, भौतिक तथा शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने मेची आँखा अस्पताल, वातावरण संरक्षण शिविरलाई संस्थागत सम्मान गरिएको थियो ।

    त्यसैगरी एसईई २०८१ मा शतप्रतिशत नतिजा निकाल्ने सामुदायिक तर्फ जनता मावि तेलपानी, संस्थागततर्फ सनसाइन, थेसिस, दुर्गा आवासीय, लिटल एन्जल्स, होलीबेल, बालबाटिका, युनाइटेड तथा आदर्श विद्या मन्दिर अंग्रेजी मावि सम्मानित भएका छन् ।

    त्यस्तै सेवा निवृत्त शिक्षक, बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारी दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।

    उक्त अवसरमा नगर उपप्रमुख मिना पोख्रेल उप्रेती र शिक्षक महासंघ मेचीनगर अध्यक्ष होमराज ढकाल लगाायतले आ आफना धारणा राखेका थिए ।

    शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले स्वागत तथा औचित्य माथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत सुनिता भट्टराईले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.