झापाको बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कूलमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।
बिर्तामोड नगरभित्रका आठ वटा विद्यालयका २५ जना भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको तालिम आगामी शुक्रबारसम्म सञ्चालन हुनेछ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको उद्घाटन समरोहमा न्यूटन एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं तथा कन्जनजंगा इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल डा.केशवराज न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त तालिमको सहजीकरण नारी संचार गृह झापाका अध्यक्ष स्वस्तिका आचार्यले गर्ने छिन् ।
शिक्षकहरुको क्षमता अभिवृद्धि, वाककलामा सुधार तथा विद्यालयको आन्तरिक गतिविधि गर्न सहज होस् भन्ने हेतुले तालिमको आयोजना गरिएको सञ्चालक पौडेलले बताए ।
बिर्तामोड नगर प्याब्सनका सह-कोषाध्यक्ष दीपक चम्लागाईं, सदस्य पुण्यप्रसाद उप्रेती लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन विद्यालयका सञ्चालक सरोज पौडेलले गरेका थिए ।
निकट भविष्यमा एआई सम्बन्धी तालिम समेत गर्ने सोच बनाइएको विद्यालयले जनाएको छ ।







