• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रामकुमार आछामी स्मृति अक्षय कोषद्वारा शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान


  •    संवाददाता/ सोमबार, जेठ १८, २०८३  

  • झापाको अर्जुनधारा नगरपालिकामा स्थापना गरिएको रामकुमार आछामी स्मृति अक्षयकोषले शिक्षक, कर्मचारी तथा विद्यार्थी सम्मान एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    अक्षयकोषको आयोजनामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने शिक्षक तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।

    Advertisement

    दीपक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि तारा विश्वकर्मा रहेका थिए ।

    Advertisement

    कार्यक्रममा २०८२ सालको अर्जुनधारा नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । सम्मानित हुनेमा गणेश आधारभूत विद्यालयकी रितिका गिरी, सिंहदेवी माध्यमिक विद्यालयका ओमविक्रम न्यौपाने, लक्ष्मी माध्यमिक विद्यालयका हृदयेन्द्र किरण नेपाल तथा शनिश्चरे माध्यमिक विद्यालयकी कक्षा १२ की विद्यार्थी प्रिया सापकोटा रहेका छन् ।

    त्यसैगरी शैक्षिक नेतृत्व र अध्यापनमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट प्रधानाध्यापकका रूपमा सरस्वती आधारभूत विद्यालयका टेकबहादुर बुढाक्षेत्री, उत्कृष्ट शिक्षकका रूपमा नवदुर्गा आधारभूत विद्यालयकी कल्पना राजवंशी तथा जनता माध्यमिक विद्यालयका युवराज निरौला लगायतलाई नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

    उक्त अवसरमा प्रमुख अतिथि विश्वकर्मा, केदारनाथ पोख्रेल, दामोदर पौडेल, रुद्र पौडेल र चन्द्र खत्री लगायतले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा समाज निर्माणमा थप योगदान दिन शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रमका क्रममा अक्षयकोषका संस्थापक खड्गबहादुर गोलले स्वर्गीय रामकुमार आछामीको जीवन, व्यक्तित्व र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानबारे प्रकाश पारे । उनले आछामीलाई असल नेतृत्वकर्ता, मिलनसार स्वभावका तथा कुशल प्रधानाध्यापकका रूपमा स्मरण गर्दै शिक्षाप्रति समर्पित व्यक्तित्वको रूपमा चर्चा गरेका थिए ।

    आछामीको २०७५ चैत ९ गते काठमाडौँबाट घर फर्कने क्रममा भएको सवारी दुर्घटनामा निधन भएको थियो । उनको स्मृतिलाई चिरस्थायी बनाउन स्थापना गरिएको अक्षयकोषले प्रत्येक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शिक्षक, विद्यार्थी तथा शैक्षिक व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

    चन्द्रकला भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कमल पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.