• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपालमा १२ वर्षमुनिका बालबालिकामा पनि चुरोटको लत, ३९ हजारभन्दा धेरैको जान्छ ज्यान


  •    संवाददाता/ आइतबार, जेठ १७, २०८३  

  • नेपालमा १२ वर्षमुनिका बालबालिकामा पनि चुरोटको लतमा रहेका पाइएको छ ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा यो तथ्य पाइएको अनुसन्धानकर्ता कुसुम शाहीले जानकारी दिइन् ।

    Advertisement

    ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का अवसरमा आज स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता शाहीले सात वटै प्रदेशका ५० वटा विद्यालयमा कक्षा ७ देखि १० सम्म पढ्ने तीन हजार बालबालिकामा अध्ययन गरिएको जानकारी दिइन् ।

    Advertisement

    उनका अनुसार अध्ययनमा १० वर्षमुनिका बालबालिकाले पनि चुरोट प्रयोग गर्ने गरेको र १२ मुनिकै बालबालिका चुरोटको लतमा रहेको पाइएको हो । अध्ययनमा सहभागी मध्ये ५७ प्रतिशतले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र ७४ प्रतिशतले चुरोट छाड्न कोशिश गरे पनि नसकिरहेको बताएका थिए ।

    यस्तै कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा.श्रीकृष्ण श्रेष्ठले नेपालमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ३९ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको जानकारी गराएका थिए ।

    विश्वभर सुर्तीजन्य वस्तुको प्रयोगका कारण हरेक वर्ष झन्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको डाक्टर श्रेष्ठले बताए ।

    सार्वजनिक ठाउँमा धूम्रपान निषेध, विज्ञापन तथा प्रवर्द्धन नियन्त्रण, चित्रसहितको स्वास्थ्य चेतावनी र कर नीतिलाई नियन्त्रणका प्रमुख उपायका रूपमा कार्यान्वयन गरिरहेको उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.