• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्यो


  •    संवाददाता/ बुधबार, जेठ १३, २०८३  

  • नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको छ ।

    बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरिएको छ ।

    Advertisement

    आर्थिक वर्ष २०८०/८१ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ६ लाख ७२ हजार ४ सय ८९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा १०.९ प्रतिशतले वृद्धि भई ७ लाख ४५ हजार ७ सय ७० पुगेको छ ।

    Advertisement

    उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थीमध्ये व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी ५०.५ प्रतिशत रहेको छ । कृषिमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा कम ०.१५ प्रतिशत छ । व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थी करिव ८०.० प्रतिशत रहेका छन् ।

    सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन् । त्रिविको आङ्गिकमा ४७.९ प्रतिशत र सम्बन्धन प्राप्तमा २७.४ प्रतिशत गरी जम्मा ७५.३ प्रतिशत र अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थामा २४.१ प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।

    सरकारी लगानीको हिसाबले हेर्दा त्रिभुवन विश्वविद्यालयमा ६७.५ प्रतिशत र अन्य विश्वविद्यालय/कार्यक्रममा ३२.५ प्रतिशत सरकारी लगानी रहेको छ ।

    नेपालमा २०८२ फागुनसम्म १५ केन्द्रीय र ६ प्रादेशिक विश्वविद्यालय गरी जम्मा २१ विश्वविद्यालयका साथै संघ अन्तर्गत ६ र प्रदेश अन्तर्गत २ स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

    संघीय अन्तर्गत १२ केन्द्रीय विश्वविद्यालय र प्रदेश अन्तर्गत ६ विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा रहेका छन् । ३ केन्द्रीय विश्वविद्यालय हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । २०८२ फागुनसम्म वैदेशिक सम्बन्धन प्राप्त क्याम्पसको सङ्ख्या ५७ पुगेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.