राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को नतिजा असार १० गतेसम्म प्रकाशित गर्ने तयारी गरेको छ ।
बोर्डले यही लक्ष्यसाथ अहिले धमाधम उत्तरपुस्तिका परीक्षणको काम भइरहेको जनाएको छ ।
परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । कर्मचारीहरू तीव्र रूपमा खटिएका छन् ।
Advertisement
उनका अनुसार आगामी असार १० नभए १५ गतेभित्र नतिजा प्रकाशित गर्ने लक्ष्यका साथ काम भइरहेको र प्राविधिक समस्या नआए यो समयभित्र नतिजा प्रकाशित हुनेछ ।
सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको छ ।







