सरकारले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि थाल्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीले छलफलपछि असार १ गतेदेखि पठनपाठन थाल्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरू हुने भएकाले त्यसअघि नै कक्षा ११ को भर्ना प्रक्रिया सुरू हुने छ ।
Advertisement
यसपटक राष्ट्रिय परीक्षा बोर्डले एकमहिना अर्थात वैशाखभित्रै २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेपछि कक्षा ११ को पठनपाठन चाँडै थाल्ने सरकारले निर्णय गरेको हो ।







