झापाका अधिकांश निजी विद्यालय आइतबार पनि खुल्ने भएका छन् ।
सङ्घीय सरकारले हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि झापाका अधिकांश निजी विद्यालयले आइतबार पनि विद्यालय सञ्चालन गर्ने तयारी गरेका हुन् ।
यसैबीच बिर्तामोड नगरभित्रका अधिकांश विद्यालयले आइतबार पनि विद्यालय सञ्चालन हुने आफनो सामाजिक सञ्जालमार्फत विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराएका छन् ।
Advertisement
यो संस्थागत निर्णय नभएर विद्यालय आफैंले आफू अनुकूल विद्यालय सञ्चालन गर्ने निर्णय गरेका बिर्तामोड नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र खरेलले जानकारी दिए ।
विद्यार्थीको सिकाई उपलब्धि र समग्र शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने भन्दै संस्थागत निर्णय नभएर विद्यालयहरुले आफनो व्यवस्थापन समितिको निर्णय अन्तरगत विद्यालय सञ्चालन गर्न लागिएको जनाइएको छ ।







