• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भुलेर पनि एकैसाथ खान नहुने यी खानेकुरा


  •    संवाददाता/ शनिबार, बैशाख १९, २०८३  

  • विभिन्न खानेकुराहरूको आफ्नै प्रकृति हुन्छ र केही खानेकुराहरू एकसाथ खाँदा पाचन प्रणालीमा समस्या देखिनुका साथै शरीरमा नकारात्मक असर पर्न सक्छ । आयुर्वेद र पोषण विज्ञानका अनुसार भुलेर पनि एकसाथ खान नहुने केही मुख्य खानेकुराहरू तल दिइएका छन् ।

    स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुणधर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानि गर्न सक्ने डा.हेमराज कोइराला बताउँछन् । खानेकुराको मात्रा र विभिन्न खानेकुराहरू एकैचोटि सेवन गर्दा बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउन सक्ने उनको दाबी छ ।

    Advertisement

    दूध र अमिलो फलफूल

    Advertisement

    दूधसँग सुन्तला, कागती, अंगुर वा अन्य अमिलो फलफूल मिसाएर खानु हुँदैन । यसले पेटमा दूध फटाउने र पाचनमा समस्या निम्त्याउँछ ।

    दही र माछा

    दही र माछा दुवै प्रोटिनयुक्त भए पनि यिनीहरूको प्रकृति फरक हुन्छ । यी एकसाथ खाँदा छालासम्बन्धी रोग वा ग्यास्ट्रिकको समस्या हुन सक्छ ।

    मह र तातो पानी/दूध

    महलाई धेरै तातो चिजसँग मिसाएर खाँदा यसको पोषक तत्व नष्ट हुनुका साथै यो हानिकारक पनि हुन सक्छ । मह सधैं मनतातो वा चिसोमा मिसाउनु राम्रो हुन्छ ।

    दूध र नुनिलो खानेकुरा

    दूधसँग नुन मिसिएका खानेकुराहरू (जस्तै तरकारी, अचार) खाँदा छालामा सेतो दाग वा अन्य समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन् ।

    करेला र भिन्डी

    करेला खाएपछि वा करेलासँगै भिन्डी खानु हुँदैन । यसले पेटमा अम्लपित्त बढाउन सक्छ ।

    दही र फलफूल

    धेरै मानिसले फ्रुट सलादमा दही मिसाउँछन्, तर यसले शरीरमा एलर्जी पैदा गर्न सक्छ ।

    मासु र दूध

    मासु खाएपछि तुरुन्तै दूध पिउनु पाचनका लागि निकै भारी हुन्छ र यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ ।

    खरबुजा र पानी

    खरबुजा खाएपछि तुरुन्तै पानी पिउँदा पेट खराब हुने जोखिम रहन्छ किनभने खरबुजामा पहिले नै धेरै पानी हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.