विश्व मजदुर दिवसको पूर्वसन्ध्यामा झापाको बिर्तामोड-५ स्थित न्युटन्स एजुकेशन एकेडेमी स्कुलले आफ्ना चालक (ड्राइभर), सहचालक र सिस्टरलाई सम्मान गरेको छ ।
आज परेको १३७ औं मजदुर दिवसको पुर्व सन्ध्यामा बिहिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा चालक, सहचालक र सिस्टरहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा लामो समयदेखि विद्यालयको सेवा गर्दै आएका चालक र सिस्टरहरूको मेहेनत, अनुशासन र समर्पणको कदर गर्दै मायाको चिनो प्रदान गरी सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देबेन्द्र हुंमागाँईले जानकारी दिए ।
Advertisement
विद्यालयका प्रधानाध्यापक हुंमागाँईले दैनिक विद्यालय सञ्चालनमा चालक, सहचालक र सरसफाईसहितका काममा कार्यरत सिस्टरहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गरेको कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन ।







