• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

यस्ता छन् ग्यास्ट्राइटिस गराउने सात थरी खाना र जोगिने उपाय


  •    संवाददाता/ शुक्रबार, बैशाख ११, २०८३  

  • पछिल्लो समय स्वास्थ्यभन्दा स्वादलाई प्राथमिकता दिने बानीका कारण ग्यास्ट्रिकको समस्या एउटा जटिल चुनौतीका रूपमा देखा परेको छ । चिकित्सकहरूका अनुसार अत्यधिक मात्रामा तयारी खानेकुराको प्रयोगले यो समस्यालाई झन् बढावा दिइरहेको छ ।

    पेट तथा कलेजो रोग विशेषज्ञ डा.विधाननिधि पौडेलका अनुसार चिया, कफी, चुरोट, सुर्तीजन्य पदार्थ, र चिल्लो-तारेको खानेकुराको अत्यधिक प्रयोग नै ग्यास्ट्रिक बढ्नुको मुख्य कारण हो । लामो समय खाली पेट बस्नु, मैदाजन्य परिकार, रक्सी, अमिलो फलफूल र एउटै तेलमा बारम्बार पकाइएको खानाले पेटमा एसिडको मात्रा बढाएर ग्यास्ट्रिकलाई झन् बिगार्ने गर्दछ ।

    Advertisement

    ग्यास्ट्रिक बढाउने सात मुख्य खानेकुराहरू:

    Advertisement

    १. चिल्लो र तारिएका खानेकुरा : धेरै तेलमा तारिएका समोसा, पकौडा र एउटै तेल बारम्बार प्रयोग गरी पकाइएका खानेकुराले ग्यास्ट्रिकको जोखिम बढाउँछन् ।

    २. अमिलो र साइट्रस फलफूल : कागती, सुन्तला, निबुवा र भोगटे जस्ता अमिलो फलफूलका साथै टमाटरले पनि पेटमा एसिड बढाएर समस्या निम्त्याउन सक्छ ।

    ३. मसलेदार र पिरो खाना : धेरै खुर्सानी, गरम मसला र कडा खालका मसलाको प्रयोगले पेटको भित्री भाग सुन्निने र पोल्ने गर्दछ ।

    ४. जंक फुड र प्याकेट फुड : चाउचाउ, बिस्कुट र अन्य तयारी खानेकुरामा प्रयोग गरिने ‘प्रिजर्भेटिभ’ र रसायनले पाचन प्रक्रियामा गम्भीर असर पुर्‍याउँछन् ।

    ५. मैदाजन्य परिकार : मैदाबाट बनेका खानेकुरा पचाउन गाह्रो हुने भएकाले यसले पेट फुल्ने र ग्यास्ट्रिक बढाउने गर्दछ ।

    ६. दूधको चिया र कफी : चियापत्ति धेरै हालेर उमालिएको कडा चियामा हुने निकोटिन र कफीमा हुने क्याफिनले ग्यास्ट्रिकलाई थप बल्झाउँछ।

    ७. धुम्रपान र मद्यपान : चुरोट र रक्सीको सेवनले पेटको झिल्लीलाई कमजोर बनाउँछ, जसले गर्दा ग्यास्ट्रिक पछि अल्सरमा परिणत हुने जोखिम रहन्छ ।

    ग्यास्ट्रिकबाट जोगिने सात उपायहरू :

    समयमै खाना : हरेक दिन निश्चित समयमा खाना खाने गर्नुहोस् । लामो समयसम्म खाली पेट नबस्नुहोस् ।

    स्वस्थ आहार : हरियो सागसब्जी, सलाद, र ताजा फलफूललाई आफ्नो नियमित भोजनमा समावेश गर्नुहोस् ।

    बार्नुपर्ने खानेकुरा : धेरै पिरो, चिल्लो, तारेको, भुटेको र प्रशोधित जंक फुडबाट टाढै रहनुहोस् ।

    पानीको मात्रा : शरीरलाई हाइड्रेटेड राख्न दैनिक पर्याप्त र सम्भव भए प्रतिघन्टा एक गिलास पानी पिउने बानी बसाल्नुहोस् ।

    नियमित व्यायाम : बिहान मर्निङ वाक, योग वा अन्य शारीरिक व्यायामका लागि समय निकाल्नुहोस् ।

    तनाव व्यवस्थापन : मानसिक तनावले पनि पाचनमा असर गर्ने भएकाले तनाव कम लिनुहोस् र पर्याप्त सुत्नुहोस् ।

    खाना खाने तरिका : खाना सधैँ राम्ररी चपाएर खानुहोस् र खाना खाइसकेपछि तुरुन्तै नसुती केही बेर हिँडडुल गर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.