• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा ११ ले चुम्यो विराट गोल्डकपको उपाधि


  •    संवाददाता/ सोमबार, बैशाख ०७, २०८३  

  • झापा ११ ले प्रतिष्ठित विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करणको उपाधि जितेको छ ।

    सहिद रंगशालामा गएराति सम्पन्न रोमाञ्चक फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै झापा ११ ले दोस्रो पटक उपाधि उचालेको हो ।

    Advertisement

    यो जितसँगै झापा ११ ले ११ लाख रुपैयाँ नगद पुरस्कार हात पार्दा उपविजेता सम्राट स्पोर्टिङ क्लबले ५ लाख रुपैयाँमा सन्तोष मान्नुपरेको छ । यसअघि २०७१ सालमा नेपाल आर्मी क्लबलाई पराजित गर्दै झापाले पहिलो पटक उपाधि जितेको थियो ।

    Advertisement

    फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले प्रारम्भिक समयमा केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । खेलको ८१औँ मिनेटमा झापा ११ का राजेश दाहालले गोल गर्दै खेलको गतिलाई निर्णायक मोडमा पुर्‍याए । गोलरक्षक विशाल सुनारको लामो पासलाई सदुपयोग गर्दै उनले टोलीलाई अग्रता दिलाएका थिए ।

    त्यसको केही मिनेटपछि नै दिवस उराउले अर्को गोल थप्दै झापाको जित लगभग सुनिश्चित गरे । फागुराम थारूको सटीक पासमा उराउले गरेको गोल निर्णायक सावित भयो । खेलको इन्जुरी समयमा सम्राटका सौरभ तामाङले एक गोल फर्काए पनि त्यसले खेलको परिणाम परिवर्तन गर्न सकेन ।

    फाइनल खेलका नायक राजेश दाहाल ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै ११ हजार रुपैयाँ पुरस्कार जिते । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै झापा ११ कै फागुराम थारू सर्वाधिक गोलकर्ता बने । सम्राटका अशोक खवास ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए भने झापा ११ का विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.