पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपात भइरहँदा तराईका धेरै ठाउँमा गर्मी बढेको छ । अझै केही दिन कोशीलगायत केही क्षेत्रमा मौसम बदली भइरहने र तराईका क्षेत्रमा तातो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश प्रदेशलगायत तराई क्षेत्रमा तापक्रम बढ्ने र कोशीलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने वर्षा र हिमपात हुने महाशाखाको भनाइ छ ।
आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
Advertisement
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अरू केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।







