नेपालमा हुने लिग २ क्रिकेटका दुई घरेलु शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा ओडिआई टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा अर्जुन कुमाल पनि परेका छन् भने विनोद भण्डारीले पुनरागमन गरेका छन्
Advertisement
नेपाली टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, बसिर अहमद, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी रहेका छन् ।







