• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पुरुषको तुलनामा किन महिलालाई बढी टाउको दुख्छ ?


  •    संवाददाता/ सोमबार, चैत ३०, २०८२  

  • पुरुषहरु भन्दा महिलालाई बढी टाउको दुख्छ भन्ने कुराहरुमा तपाईंहरु सहमत हुनुहुन्छ ? यो महिलाहरुलाई बढी टाउको दुख्छ भन्ने कुरामा सत्यता छ ।

    महिलाहरूमा पुरुषको तुलनामा बढी टाउको दुख्नुको मुख्य कारण हर्मोनमा आउने परिवर्तन माइग्रेनको उच्च जोखिम, मानसिक तनाव, र शारीरिक थकान हो । महिनावारी, गर्भावस्था, र मेनोपजका समयमा हर्मोनको उतारचढावले दुखाइ बढाउँछ । साथै अनिन्द्रा, भिडभाड, र गलत खानपानले पनि यसलाई बढावा दिन्छन् ।

    Advertisement

    न्यूरो सर्जन डा.बिनोद राजभण्डारी टाउको दुखाईका कारण अस्पतालसम्म आइपुग्ने बिरामीको संख्याको आधारमा पनि पुरुषको तुलनामा महिलाहरुमा बढी आउने बताउँछन् ।

    Advertisement

    उनका अनुसार माइग्रेन पुरुषको तुलनामा महिलाहरुलाई धेरै हुने गर्छ । यो वंशाणुगत पनि हुन्छ । वंशाणुगत रुपमा स्थानन्तरण हुँदा पनि पुरुषको तुलनामा महिलामा बढी सर्ने गर्छ । यद्यपि पुरुषहरुलाई माइग्रेन नहुने भने होइन तर महिलाको तुलनामा भने कम हुने गर्छ । माइग्रेन सुगर र प्रेसरजस्तै हो, यसलाई निर्मुल पार्न नसकेपनि कम गर्न भने सकिन्छ । यद्यपि टाउको दुखाईको दर कम गर्न भने औषधि दिने गरिन्छ ।

    महिलामा टाउको बढी दुख्नुका मुख्य कारणहरू

    हर्मोनल परिवर्तन

    महिलाको शरीरमा हुने हर्मोनल परिवर्तन, विशेष गरी महिनावारी हुनु अघि वा समयमा एस्ट्रोजन हर्मोनको स्तर घट्दा टाउको दुख्ने समस्या बढी देखिन्छ ।

    माइग्रेन

    माइग्रेन पुरुषमा भन्दा महिलामा तीन गुणा बढी हुन्छ । यो अक्सर टाउकोको एक भागमा केन्द्रित भएर अचानक सुरु हुन्छ ।

    तनाव र चिन्ता

    घर र कार्यस्थलको दोहोरो जिम्मेवारीले गर्दा हुने मानसिक तनाव र चिन्ताले पनि टाउको दुख्ने गर्दछ ।

    अनिन्द्रा र थकान

    समयमा नसुत्नु, थकान हुनु वा कामको चापले टाउको दुख्ने समस्या थपिन्छ ।

    खानपान र जीवनशैली

    अत्यधिक चिया/कफी, मदिरा, बजारको तयारी खाना वा पानी कम पिउनाले पनि टाउको दुख्न सक्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.