संस्थागत विद्यालयहरुले अतिरिक्त क्रियाकलापका नाममा विद्यार्थीहरुबाट बढी पैसा असुल्ने भाष्य स्थापित भएको छ । तर उक्त किसिमको गुनासो र आलोचनालाई विष्णु भगवतीले भने सामना गर्नु परेको छैन । किनकी उसले विद्यार्थीहरुबाट अतिरिक्त क्रियाकलाप शुल्क भनेर पैसा लिने गरेको छैन् । यसर्थ पछिल्ला वर्षहरुमा विष्णु भगवतीमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
झापाको बिर्तामोड नगरपालिका वडा नं.१० विराट पोखरमा वि.सं.२०७१ सालमा स्थापना भएको विष्णु भगवती अंग्रेजी माध्यमिक विद्यालयले स्थापनाको छोटो समयमै धेरै अभिभावक र विद्यार्थीको मन जितेको छ भनेर भन्दा फरक पर्ला । ३२ जना शिक्षक तथा कर्मचारी कार्यरत विद्यालयमा ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
बालमैत्री शिक्षाको अवधारणलाई कार्यान्वयन गर्दै संस्कारसहितको शिक्षामा जोड दिएको विद्यालयले सस्तो तथा सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालयका संस्थापक प्रिन्सिपल पुन्यप्रसाद उप्रेतीले जानकारी दिए ।
उनी भन्छन् `अभिभावकले जुन विश्वास लिएर हाम्रो विद्यालयलाई रोज्नु भएको छ, त्यसमा कुनै सम्झौता नगरि गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौँ´ ।
विद्यालयले आगामी शैक्षिक सत्रबाट कक्षा १० सञ्चालन गर्न लागेको सुनाउँदै प्रिन्सिपल उप्रेतीले पहिलो एसईई ब्याचबाट उत्कृष्ट नतिजा दिने कुरामा आफूहरु विश्वस्त रहेको बताए । विद्यालयमा साना कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि किड जोनको व्यवस्था रहनुका साथै मन्टेश्वरी बेसमा अध्यापन गराउने गरिएको उनको भनाइ छ ।
दक्ष शिक्षकबाट समय सापेक्ष शिक्षा प्रदान गर्दै आएको विद्यालयले अतिरिक्त शिक्षालाई अझ व्यवस्थित गर्न इसिए इञ्चार्जको व्यवस्था गरेको उनले बताए । सुन्दर र शान्त वातावरणमा अवस्थित विद्यालयले हालसम्म उत्कृष्ट नतिजासहित सत प्रतिशत परिणाम ल्याउन सफल रहेको छ ।
नगरका अन्य विद्यालयभन्दा केही फरक तरिकाले सञ्चालन भइरहेको विष्णु भगवतीले सैद्धान्तिक भन्दा व्यावहारिक शिक्षालाई प्राथमिकतामा राखेको उनले बताए । हल्दिवारी तथा बिर्तामोडका विभिन्न क्षेत्रका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा टाढाबाट आउनेलाई सहजताका लागि यातायातको समेत सुविधा रहेको प्रिन्सिपल उप्रेतीले बताए ।







