झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ट तीन शिक्षकलाई नगदसहित पुरस्कृत गरेको छ ।
नगरभित्रका शिक्षकहरुमध्येबाट तीन जनालाई ५० हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
शुक्रवार बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक सम्मान र उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो ।
उत्कृष्ट शिक्षकहरुमा प्रावि तह तर्फ जनता आधारभुत विद्यालयमा कार्यरत सरिता खतिवडा, निमावि तर्फ महेन्द्ररन्त माविका विजय प्रकाश उप्रेती र मावि तह तर्फ महेन्द्ररन्त माविका लक्ष्मी प्रसाद प्रसाई रहेका छन् ।
यस्तै १९ जना उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित प्रोत्साहन गरिएको छ । ०८१ सालको आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा ४ जीपीए प्राप्त गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई नगद ५ हजार र प्रमाणपत्रसहित प्रोत्साहन गरिएको हो ।
उत्कृष्ट विद्यार्थीहरुमा एमिटी माविकी अर्पिता अधिकारी, लालिगुँरास इङलिस् स्कुलकी आर्जु कार्की, लिटल फ्लावर्स अंग्रेजी बोर्डिङ स्कुलका विद्यार्थीहरु दृष्टी मित्तल, निश्चल शाह, प्रजिशा पोखरेल, प्रत्युस प्रसाई, वैभव शर्मा र वेदाशं शर्मा रहेका छन् ।
त्यसैगरी महेन्द्ररत्न माविका पुजता सुवेदी, मोहनमाया माविका आदित्य अर्याल, आयुशा निरौला, अजयबाबु श्रेष्ठ, अंकुश प्रधान, सलिना बाँस्कोटा, प्रतिक्षा ढकाल रहेका छन् । यसैगरी नवोदय फनमिन इङलिस स्कुलका समिर कुमार यादव, न्यूटन्स एजुकेशन एकाडेमीका कमल कुमार अधिकारी, निदी माविकी युनिशा राजवंशी र तक्षशीला प्रोग्रेसिभमा अध्ययनरत जेशिका श्रेष्ठलाई उत्कृष्ट विद्यार्थी प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा एसईईमा उत्कृष्ट मोहनमायाकी विद्यार्थी केन्सिका गणेशलाई समेत पुरस्कृत गरिएको थियो । उनी यसअघिको कार्यक्रममा छुटेकी थिइन् ।
सोही कार्यक्रममा निबृत्त शिक्षकहरुलाई सम्मानसहित विदाई गरिएको छ । महेन्द्ररत्न माविबाट निबृत्त शान्ता चुडाल, मोहनमाया माविबाट वेदमाया खनाल, अम्बिका देवी दाहाल, राघव गड्तौला, वीर अमरसिंहबाट यदुनाथ अधिकारी, चमरधाप प्राविबाट देवी प्रसाद पोखरेल, पञ्चरत्न माविबाट यमनाथ प्रसाई, दुर्गा माविबाट जनार्दन मिश्र र देवी माविबाट निबृत्त अग्नी बहादुर दाहाल, यज्ञप्रताप अधिकारी र पद्मा पाण्डेलाई सम्मानसहित विदाई गरिएको हो ।
कार्यक्रममा बोल्दै बिर्तामोड नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईले स्थानीय सरकार शिक्षा क्षेत्रमा व्यापक परिवर्तन ल्याउन प्रोत्साहन कार्यक्रम ल्याइएको बताइन् ।
उत्कृष्ट शिक्षक छनौट समितिका संयोजक युवराज पाण्डे, नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कडेंल, प्याब्सन बिर्तामोडका अध्यक्ष सुरेन्द्र खरेल, महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेल र निबृत्त शिक्षकका तर्फबाट यदुनाथ अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
शिक्षा शाखाका उपसचिव तिलचन भण्डारीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा शिक्षक, विद्यार्थी र शैक्षिक सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।







