• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रगतिशील शिक्षाको दिशामा देवकुलको अग्रसरता, आगामी शैक्षिक सत्रदेखि पूर्ण रूपमा कार्यान्वयन हुने


  •    संवाददाता/ शुक्रबार, चैत २०, २०८२  

  • झापाको बिर्तामोड-२ चारपानेमा अवस्थित देवकुल इङलिस सेकेन्डरी स्कूलले आगामी शैक्षिक सत्र २०८३ देखि विद्यालयमा पूर्ण रूपमा प्रगतिशील शैक्षिक धार (Progressive Educational Approach) लागू गर्ने भएको छ ।

    शिक्षा क्षेत्रमा नवीन अभ्यास र गुणस्तरीय रूपान्तरणको उद्देश्यसहित स्थापित देवकुल इङ्ग्लिस सेकेन्डरी स्कूलले आगामी शैक्षिक वर्ष २०८३ बाट विद्यार्थीलाई अभ्यासमूलक, अन्वेषणमूलक तथा सिर्जनात्मक सोचमा आधारित सिकाइ प्रदान गर्दै विश्वस्तरमा प्रतिस्पर्धी गर्न सक्षम बनाउने उद्देश्यसहित यस्तो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

    Advertisement

    विद्यालयले यो प्रणालीलाई संस्थागत रूपमा कार्यान्वयन गर्न लागेको बारे विद्यालयका प्रधानाध्यापक दिपङ्कर मैनालीले जानकारी दिए ।

    Advertisement

    ‘विद्यालयले विगत पाँच वर्षदेखि क्रमिक रूपमा प्रोग्रेसिभ शिक्षण-सिकाइ अभ्यासलाई कक्षाकोठामा लागू गर्दै आएको थियो । यस अवधिमा परियोजना-आधारित सिकाइ (Project-Based Learning), समस्या समाधान केन्द्रित अध्ययन, सहकार्यात्मक सिकाइ (Collaborative Learning), तथा अनुसन्धानमुखी गतिविधिहरूलाई समेट्दै अब नयाँ शैक्षिक वातावरण निर्माण गर्न लागेका छौँ । यसले ती सबै अभ्यासलाई एकीकृत, संरचित र संस्थागत ढाँचामा रूपान्तरण गर्दै पूर्ण रूपमा प्रोग्रेसिभ प्रणाली लागू हुनेछ,’ उनले भने ।

    ‘बदलिँदो विश्व परिवेश, प्रविधि र भविष्यका सीपहरूको मागलाई ध्यानमा राख्दै शिक्षा प्रणालीमा सुधार अपरिहार्य छ । अहिले विश्वभरका अग्रणी शैक्षिक संस्थाहरूले विद्यार्थी-केन्द्रित (Student-Centered Learning), अनुभवमा आधारित शिक्षा (Experiential Learning), आलोचनात्मक तथा सिर्जनात्मक सोच (Critical & Creative Thinking), र वैश्विक दृष्टिकोण (Global Perspective) लाई प्राथमिकतामा राख्दै शिक्षा सञ्चालन गरिरहेका छन् । सोही अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर देवकुल इङ्ग्लिस सेकेन्डरी स्कूलले पनि आफ्ना शैक्षिक कार्यक्रमहरूलाई पुनर्संरचना गरेको हो,’ उनले थप स्पष्ट पार्दै भने ।

    विद्यालयका प्रधानाध्यापक मैनालीका अनुसार नयाँ पद्धतिमा विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी उनीहरूको सोच्ने क्षमता, समस्या समाधान गर्ने सीप तथा सामाजिक व्यवहारमा समेत सुधार ल्याउने लक्ष्य राखिएको छ । यस अन्तर्गत कक्षा कोठामा छलफल, समूहकार्य, परियोजना कार्य (Project Work) तथा प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिइनेछ ।

    त्यसैगरी शिक्षकहरूलाई पनि आधुनिक शिक्षण प्रविधि तथा मनोवैज्ञानिक दृष्टिकोणमा आधारित तालिम प्रदान गरिने जानकारी दिइएको छ । विद्यालयले अभिभावकसँग सहकार्य गर्दै बालबालिकाको रुचि र क्षमताअनुसार शिक्षण सिकाइ प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ ।

    यस्तो पहलले विद्यार्थीहरूलाई आत्मविश्वासी, सृजनशील र प्रतिस्पर्धी बनाउने विश्वास विद्यालयले लिएको छ । स्थानीय समुदायले पनि विद्यालयको यस नवीन कदमको स्वागत गर्दै यसले समग्र शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.