• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बारम्बार किन हुन्छ थकान महसुस?


  •    संवाददाता/ मङ्गलबार, चैत १७, २०८२  

  • के तपाईँलाई बारम्बार थकान महसुस भइरहेको छ । यदि त्यस्तो भएको छ भने त्यो सामान्य कुरा होइन, यसका पछाडि विभिन्न शारीरिक वा मानसिक कारण हुन सक्छन् ।

    डाक्टर सन्देश शर्माका अनुसार तपाईंको जीवनशैली, पोषण, वा स्वास्थ्यमा केही समस्या भएमा तपाईंलाई पटक-पटक थकानको महसुस भइरहेको हुन्छ । तपाईंलाई पटक-पटक थकान महसुस भइरहन्छ भने त्यस्तो बेला बेवास्ता गर्नु हुँदैन । यो हेपाटाइटिस बी को सुरुआत पनि हुन सक्छ । यस रोगका लक्षण चिन्न त्यति सजिलो हुँदैन ।

    Advertisement

    डा.शर्माका अनुसार थकान महसुस हुनुका अन्य कारणहरु यस्ता छन् ।

    Advertisement

    पर्याप्त निन्द्रा नहुनु

    दैनिक ८ घण्टा निन्द्रा नपुग्दा शरीर ऊर्जावान बन्न सक्दैन,राति ढिलो सुत्ने वा बारम्बार उठ्ने बानीले थकान बढाउँछ ।

    पोषणको कमी

    शरीरमा आइरन, भिटामिनको कमी तथा विशेष गरी एनिमिया हुँदा कमजोरी र थकान हुन्छ ।

    मानसिक तनाव र चिन्ता

    लगातार तनावले शरीर र दिमाग दुबै थाक्छ,चिन्ता वा डिप्रेसनले पनि ऊर्जा घटाउँछ ।

    शारीरिक गतिविधि कम हुनु

    धेरै समय बसिरहने तथा नियमित व्यायाम नगर्दा शरीर सुस्त हुन्छ ।

    स्वास्थ्य समस्याहरू

    थाइराइड,मधुमेह, मुटु रोग, वा अन्य दीर्घ रोगले शरीरको ऊर्जा उत्पादन घटाउँछन् ।

    क्याफिन र जङ्क फुड बढी सेवन

    धेरै चिया कफीले केही समय ऊर्जा दिन्छ तर पछि थकान बढाउँछ साथै असन्तुलित खानपानले पनि शरीर कमजोर बनाउँछ ।

    थकान हटाउने मुख्य उपायहरू

    पर्याप्त पानी पिउने

    डिहाइड्रेशनले थकान गराउँछ, त्यसैले प्रशस्त पानी वा तरल पदार्थ पिउनुहोस् ।

    स्वस्थ र सन्तुलित खाना

    पोषिलो खानाले शरीरमा ऊर्जा दिन्छ, जबकि धेरै खानाले आलस्य बनाउन सक्छ ।

    नियमित व्यायाम

    हल्का व्यायाम वा योगले शरीरमा अक्सिजन र सकारात्मक ऊर्जा बढाउँछ ।

    पर्याप्त निद्रा

    राति ७-८ घण्टाको नियमित निद्राले शरीरलाई पुनरुत्थान गर्छ । दिउँसो थकान लागेमा छोटो आराम लिन सकिन्छ ।

    ताजा हावा र उज्यालो

    कोठाको झ्याल-ढोका खुला राखेर ताजा हावा र प्रकाश आउने वातावरण बनाउनुहोस् ।

    अदुवा-मरिच पानी वा चिया

    अपचले पनि थकान निम्त्याउँछ, जसका लागि अदुवा-मरिच पानी उपयुक्त हुन्छ ।

    कुर्सीमा सिधा बस्ने

    काम गर्दा सिधा बस्नाले मेरुदण्ड र शरीरलाई आराम मिल्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.