पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमालेका कार्यकर्ता तथा सुभेच्छुकहरुले झापासहित विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् ।
उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् ।
केही ठाउँमा प्रहरीसँग झडप समेत भएको छ । सुरक्षा स्थिति नियन्त्रणका लिन प्रहरी परिचालन भएको छ । प्रदर्शन चलिरहँदा सिंहदरबार आसपासमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।
Advertisement
गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनको जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै सरकारले बिहान अध्यक्ष ओलीलाई पक्राउ गरेपछि पार्टीले प्रदर्शन गरेको हो ।







