झापाको कनकाई नगरपालिका-७ मा अवस्थित फक्ताङलुङ एजुकेशन फाउन्डेसनको १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारीको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठ, नेशनल प्याब्सनका केन्द्रिय सचिव तथा ईस्ट होराइजन इंग्लिस स्कुलका प्रिन्सिपल संजोग राई, एन-प्याब्सन झापा अध्यक्ष तथा नाम्बिन इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल प्रेम शेर्मा, कनकाई नगर सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख खगेन्द्र मिश्र, नेशनल प्याब्सनका उपाध्यक्ष तथा इडेन गार्डेन एजुकेशन फाउन्डेसनका संस्थापक प्रिन्सिपल मोहन आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले फुड स्टल, ऐतिहासिक वस्तु तथा सामाग्रीको प्रदर्शनका स्टल राख्नुका साथै विविध सांस्कृतिक प्रस्तुति तथा खेलकूद प्रतियोगिता सञ्चालन गरिएको थियो ।
विद्यालयमा विद्यार्थीहरूको सिकाईमा थप सहज हुने उद्देश्यले विभिन्न प्रकारका स्याडो प्रस्तुतसहित जिब लाइनको समेत व्यवस्था गरिएको थियो ।







