झापाको बिर्तामोडमा अवस्थित निदि सेकेन्डरी स्कुल तथा इन्द्रेणी क्याम्पसको ११ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
स्कुलको आज र क्याम्पसको शुक्रबार गरी दुई दिन वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम मनाइने क्याम्पसका प्रिन्सिपल रञ्जित साहले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यार्थीहरुले नृत्य, गायन, फेशन शो, भाषण, कविता वाचन साथै विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमकाबीच शिक्षक, कर्मचारी र एसईईमा उत्कृष्ट नतिजा ल्याउने पाँच जना विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।
शिक्षक सन्ध्या खरेल, पूजा मिश्र र कर्मचारी अमृतकुमार लिङ्देनलाई सम्मान गरिएको छ भने २०८१ को एसईईमा ‘ए प्लस’ अंक ल्याउने प्रमिशराज थापा, दिपिका थापा, प्रशान्त राजवंशी, सौजल गौतम र मनिष धमलालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्याब्सन झापा अध्यक्ष कार्की, बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत जानुका रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयको प्रतिवेदनसहित गतिविधिका विषयमा स्कुलका प्रिन्सिपल भीष्म प्रसाईंले प्रकाश पारेको कार्यक्रममा स्वागत शिक्षक घनश्याम पौडेलले र सञ्चालन शिक्षक सरोज घिमिरेले गरेका थिए ।







